निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ– अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समुन्नतिका लागि सरकार र निजी क्षेत्र एकआपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् । लेखनाथ महोत्सव–२०७८ को आज कास्कीको लेखनाथस्थित डाँडाको नाकमा उद्घाटन गर्दै उनले राजनीतिक एवं संवैधानिकरुपमा प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए।
स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै समुदायलाई आत्मनिर्भर बनाउनु आवश्यक भएकामा जोड दिँदै उनले कोरोनाका कारण अर्थतन्त्रमा असर पारेको उल्लेख गरे । कृषिमा चाँडो आत्मनिर्भर बन्नसक्ने देखिएको बताउँदै उनले त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रले राष्ट्रमा ७२ प्रतिशत योगदान गरेको बताउँदै उनले यस क्षेत्रलाई सरकारले अंशियारका रुपमा लिएको धारणा राखे ।
पोखरा पर्यटनको राजधानीका रुपमा रहेको चर्चा गर्दै उनले अझै पर्यटकीय पूर्वाधार भने पर्याप्त नरहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पूँजीगत खर्च गर्ने प्रणालीलाई परिवर्तन गर्न जरुरी रहेको आवश्यकता औँल्याए । आर्थिक समुन्नतिका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्य जरुरी रहेको बताउँदै उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किसिमको वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको आर्थिक वृद्धिले राष्ट्रिय तथ्याङ्कलाई उछिन्यो, नागरिकको आम्दानी पनि बढ्यो
-
तीनकुने प्रकरण : ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा
-
दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास
-
आज पास होला त सङ्घीय निजामती विधेयक ?
-
२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच छलफल
-
मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध