निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ– अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समुन्नतिका लागि सरकार र निजी क्षेत्र एकआपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् । लेखनाथ महोत्सव–२०७८ को आज कास्कीको लेखनाथस्थित डाँडाको नाकमा उद्घाटन गर्दै उनले राजनीतिक एवं संवैधानिकरुपमा प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए।
स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै समुदायलाई आत्मनिर्भर बनाउनु आवश्यक भएकामा जोड दिँदै उनले कोरोनाका कारण अर्थतन्त्रमा असर पारेको उल्लेख गरे । कृषिमा चाँडो आत्मनिर्भर बन्नसक्ने देखिएको बताउँदै उनले त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रले राष्ट्रमा ७२ प्रतिशत योगदान गरेको बताउँदै उनले यस क्षेत्रलाई सरकारले अंशियारका रुपमा लिएको धारणा राखे ।
पोखरा पर्यटनको राजधानीका रुपमा रहेको चर्चा गर्दै उनले अझै पर्यटकीय पूर्वाधार भने पर्याप्त नरहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पूँजीगत खर्च गर्ने प्रणालीलाई परिवर्तन गर्न जरुरी रहेको आवश्यकता औँल्याए । आर्थिक समुन्नतिका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्य जरुरी रहेको बताउँदै उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किसिमको वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण