संरक्षण केन्द्रका गाईको बेहाल, भोकभोकै मर्दा पनि बेवास्ता
चउरमा हाडखोर छरपस्ट छन्। गिद्धको बथानले मासु लुछिरहेको देखिन्छ। ठाउँ–ठाउँमा मृत चौपाया फालिएका छन्। ती कुहिन थालेपछि दुर्गन्ध फैलिएको छ। यो बेहाल दृश्य शुक्लागण्डकी–९ स्याउलीबजार टोलस्थित मरेताराको हो। स्थानीय सरकारले यही नजिकै गौ संरक्षण केन्द्र सञ्चालन गरेको छ। तर, खाना र उपचार अभावमा यहाँका चौपाया दैनिक मर्ने गरेका छन्। तिनीहरूको व्यवस्थापन नहुँदा ३०–४० वटा मृत गाई चउरभरि छरिएका छन्।
दूध दिइन्जेल पाल्ने, थाकेका र रोगी भएपछि यहाँ ल्याएर छोडिदिँदा खानपान नमिलेर धेरै मर्ने गरेको हेरालु धनबहादुर पराजुली बताउँछन्। ‘ठूला गाई मरेपछि दुई जनाले घिसार्न सकिँदैन। नगरपालिकालाई फोन गर्यो। जेसीबी पठाइदिइहाल्छम भन्नुहुन्छ, समयमा आउँदैन’, हेरालु पराजुली भन्छन्, ‘जतिसम्म सक्छौं। त्यहीं लगेर फाल्दिने हो।’ उनका अनुसार स्थानीय जातभन्दा पनि जर्सी गाई र बच्चा छिट्टो मर्ने गरेका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
-
अर्जेन्टिनालाई अब खेलमा फर्किन कठिन, २ गोल खायो
-
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
-
इजिप्टले दोस्रो हाफमा गरेको गोलले मान्यता पाएन
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण