प्रचण्ड आज सुर्खेत जाँदै
शुक्रबार, २७ फागुन २०७८, ०७ : ४८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार सुर्खेत जाने भएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड सुर्खेत जान लागेका हुन् । प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डसहित प्रदेश इन्चार्ज शक्ति बस्नेत पनि सहभागी हुने माओवादी केन्द्र प्रदेश कमिटीकी अध्यक्ष विमला केसीलाई जानकारी दिइन्।
वीरेन्द्रनगरको सिटीहलमा हुने कार्यक्रममा कर्णालीका ७९ वटै पालिका, जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरु प्रशिक्षणमा सहभागी हुनेछन्।
प्रशिक्षणमा प्रदेश सल्लाहकार, प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने बताइएको छ । प्रचण्ड शुक्रबार नै प्रशिक्षण सकेर प्रचण्ड काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
-
राप्रपाको आन्तरिक विवाद : कुटपिट प्रकरणमा ६ महिला कार्यकर्तालाई जरिवाना र उपचार खर्च भराउने फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण