जाली फटाहाहरुलाई हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ : ओली
शुक्रबार, २७ फागुन २०७८, १४ : ४५
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जाली फटाहाहरुको संज्ञा दिएका छन् । उनले उनीहरुलाई आगामी निर्वाचनबाटै ठेगान लगाउन सक्ने पनि जिकिर गरे । ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ । महान जनताको साथ हामीसँग छ’, शुक्रबार प्रेस चौतारीको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै ओलीले भने ।
उनीहरुले जालझेल र तिकडमको सहायतामा सत्ता गठबन्धन अघि बढिरहेको आरोप पनि लगाए । ओलीले नेपालको राजनीति अहिले दुईतिर विभाजित भएको पनि बताए । त्यो मध्ये एकधारको नेतृत्व आफूहरुले गरेको र त्यो देशभक्तिको पक्षमा भएको उनको भनाइ छ । आफूहरु भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्ने, मिचिएको भूमि फिर्ता ल्याउने, सामुद्रिक मार्ग प्रयोग गर्न पाउने जस्ता विषयमा स्पष्ट रहेको बताए ।
अर्को पक्षचाहिँ जाली फटाहाको राजनीतिमा रहेको उनीहरु देश भत्काउन लागिपरेको आरोप ओलीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल : अक्सनमार्फत ५२ जना खेलाडी छानिने
-
१०० बुँदे कार्यसूचीमा ८७ प्रतिशत प्रगति भएको सरकारको दाबी, कति भए कार्यान्वयन ?
-
एनपीएल अक्सनका लागि १५५ खेलाडीको सूची सार्वजनिक, 'ए' श्रेणीमा ५ खेलाडी (सूचीसहित)
-
नेपाल अरनिको यातायात सेवा प्रालिसमक्ष ८ बुँदे माग प्रस्तुत
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण