लुम्बिनी प्रदेशका ९ सयभन्दा बढी पत्रकारको दुर्घटना बिमा
लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना बिमा गरिएको छ । पत्रकारिता गर्ने क्रममा पत्रकारहरू भवितव्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना बिमा गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको ७ लाख लगानीमा पत्रकारहरूका लागि शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय सम्झौता गरिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, राष्ट्रिय बिमा कम्पनी लिमिटेड भैरहवा र पत्रकार महासंघ लुम्बिनी प्रदेशबीच सम्झौता गरिएको हो ।
मन्त्रालयको तर्फबाट उपसचिव दामोदर भण्डारी, बिमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाने र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरीबीच कानुनी प्रक्रिया पु¥याएर सम्झौता गरिएको हो । सोही कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पत्रकारहरुसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाए ।
उनले बिमा कम्पनीहरूका झन्झटिला प्रक्रियालाई सुधार गरेर नागरिकलाई सहज रुपमा सेवा दिन पनि आग्रह गरे ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव आभा कर्ण श्रेष्ठले मिडियामैत्री शासकीय पद्धति बनाउनुपर्नेमा जोड दिइन् । जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारहरू भौतिक र आर्थिक रुपले सुरक्षित हुनुपर्ने बताउँदै उनले बिमा कम्पनीहरु पत्रकारका लागि सहयोगी बन्न सक्ने बताइन् ।
पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्तराज गिरीले पत्रकारहरुलाई सहयोग पुग्ने गरी दुर्घटना बिमा गरिएको बताए । प्रदेश सरकारलाई मिडियामैत्री बन्न आग्रह गर्दै पत्रकारहरुको भौतिक र आर्थिक सुरक्षाप्रति गम्भीर बन्न उनले आग्रह गरे ।
राष्ट्रिय बिमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपानेले पत्रकारहरुको हितका लागि राष्ट्रिय बिमा कम्पनी सहयोगी बन्ने प्रतिबद्धता जनाए ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा १७ सयभन्दा बढी पत्रकार भए पनि यस अघि जिल्लाको बिमा पोलिसीमा सहभागी नभएका पत्रकारहरुको मात्र पहिलो चरणमा बिमा गरिएको पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण