बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
आइतबार, २९ फागुन २०७८, १२ : १६
सरकारले नियमित खोप अन्तर्गत बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको हो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्र्तगत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी २५ चैत देखि १८ वैशाखसम्म बालबालिकालाई खोप खोप लगाउने तयारी छ ।
१५ महिनादेखि १५ वर्षसम्मका ७५ लाख बालबालिकाले टाइफाइडविरुद्धको खोप पाउनेछन् । टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ सम्म एक पटक लगाउनुपर्छ । टाइफाइडविरुद्धको खोप विद्यालय तथा खोप केन्द्रबाट बालबालिकालाई लगाइने योजना बनाएको खोप शाखाका प्रमुख दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण