थारु भाषाको ‘लखागिन जर्नल’ विमोचन
लखागिन थारु उत्थान मञ्च वीरेन्द्रनगरको प्रथम साधारण सभासम्पन्न भएको छ । कार्यक्रममा सुर्खेतको संस्कृति सम्वन्धि अनुसन्धानमूलक लखागिन जर्नलको पहिलो अंक विमोचन गरिएको हाे ।
साधारण सभाबाट मञ्चमा नयाँ कार्य समितिसमेत चयन गरेको छ । जसमा अध्यक्षमा मान बहादुर चौधरी ‘पन्ना’, उपाध्यक्षमा लोक बहादुर चौधरी, सचिवमा जित बहादुर चौधरी, कोषाध्यक्षमा राजु चौधरी, सहसचिवमा कृष्णा चौधरी, सदस्यहरूमा लक्ष्मण चौधरी, प्रभा चौधरी, माया चौधरी र बेन्जु चौधरी रहेका छन् ।
लखागिन जर्नलमा विशेष गरी सुर्खेती थारुहरुको भाषिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा धार्मिक अवस्थाको खोज अनुसन्धान गरिनुका साथै थारु जातिको विभिन्न थर उपथर गोत्रसमेतको अध्ययन विश्लेषण गरिएको छ । साथै जर्नलमा मोरङदेखि कञ्चनपुरसम्मका थारु साहित्यकार तथा अनुसन्धानकर्मीहरुको लेख, रचना, थारुहरुको लोककला, साहित्य संस्कृतिका विषयवस्तु समेटिएको छ । त्यसै गरी गत वर्ष सुर्खेतमा सम्पन्न पाँचौ थारू राष्ट्रिय साहित्य सम्मेलनको सामग्री पनि समावेश गरिएको छ ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारुले थारुहरुको कला, संस्कृति मूल्य मान्यता आदि विविध विषयको अनुसन्धान गरिएको लखागिन जर्नल सुर्खेतको ऐतिहासिक दस्तावेज हुने धारणा राखे । जर्नल प्रकाशन टिमका संरक्षक एवम् समाजसेवी शनिश्रा दहितले कार्यक्रममा भाषण गरेर मात्र संस्कृतिको संरक्षण नहुने भएकाले सुर्खेतमा थारू विशेष पुस्तकालय खोल्ने तयारी रहेको जानकारी दिए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका–२ का वडाध्यक्ष बल बहादुर रोकाया, मध्यपश्चिम विश्वविद्यालयका पुस्तकालय प्रमुख संग्राम चौधरी, समाजसेवी मानवीर थारु,दुर्गा बहादुर चौधरी, टेकबहादुर चौधरी, शेरबहादुर थारु, दिलबहादुर चौधरी, लगायतले थारुहरुको संस्कृति संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण