‘पुष्पा’ सिक्वेलमा स्क्रिप्टमा परिवर्तनको तयारी
अल्लू अर्जुन र रश्मिका मन्दाको सुपरहिट फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि निर्माताहरु यसको सिक्वेलको तयारीमा जुटेका छन् । फिल्मका निर्माताहरु स्क्रिप्टमा केही परिवर्तन गर्ने कोशिस गरिरहेका छन् । उनीहरुले उत्तर भारतीय दर्शकमा आफ्नो प्रभाव बढी पार्नका लागि निर्माताले स्क्रिप्ट परिवर्तनको प्रयास गरेका हुन् ।
समाचारअनुसार निर्देशक सुकुमार पहिला ‘पुष्पा’लाई दुई भागमा बनाउने योजनामा थिए । तर पछि ‘पुष्पाः द राइज’ र ‘पुष्पाः द रुल’को रुपमा प्रस्तुत गर्न स्क्रिप्टमा कैयौं परिवर्तन गरे । अहिले उनले ‘पुष्पाः द रुल’का लागि स्क्रिप्टमा केही परिवर्तन गरिरहेका छन् । दर्शकमाझ आफ्नो प्रभाव छोड्नका लागि सिक्वेलको कथामा केही ट्वीस्ट ल्याउँदैछन् ।
अल्लू, सुकुमार र उनको टिमले ‘पुष्पा २’ को सुटिङ सुरु गर्नका लागि तयारी थालेका छन् । फिल्मको दोस्रो भागमा अल्लूलाई एक झगडालु व्यक्तिको रुपमा प्रस्तुत गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण