बीपी कोइरालाको बारेमा बन्यो डकुमेन्ट्री

पूर्वप्रधानमन्त्री बीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको छ । डकुमेन्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईराला आफूमाथि लागेका ८ राजद्रोह सम्बन्धि मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ ।
स्वदेश फर्किएपछि कसरी बीपी राजनेता बन्न सफल भए भन्ने कुरा पनि डकुमेन्ट्रीमा देखाइएको छ । नेपालको स्वाधीनता कसरी जोगियो भन्ने बारेमा पनि यस डकुमेन्ट्रीमा उतारिएको छ । डकुमेन्ट्री हेरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले दक्षिण एशियामा भारत सोभियत गठबन्धनले साना मुलुकहरुमाथि ठूलो खतरा पैदा गरेको अवस्था र जसका काण नेपालको मानचित्र नै परिवर्तन भएको बेलामा बीपीले चालेका कदमको प्रशंसा गरे । उनले बीपीको उक्त कदमलाई नेपालको लोकतान्त्रिक आन्दोलनको शाहसीक कदमका रुपमा चित्रण गरे । पूर्व प्रधानमन्त्री खनालले त्यो बेलामा वामपन्थी कम्युनिष्टहरुले पनि आन्दोलनमा सहयोग गरिरहेको कुरा डकुमेन्ट्रीमा समावेश गरेको भए सुनमा सुगन्ध हुने धारणा राखे ।
त्यस्तै नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले इतिहासको कालखण्डलाई सम्झाउन यो डकुमेन्ट्री अति उपयोगी भएको बताए । उनले यो डकुमेन्ट्रीलाई हेरेर राजनीतिक व्यक्तित्वहरुले नेपालको भविष्य कतातिर जाँदैछ भन्ने कुरा बताउन सक्ने जिकिर गरे ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस डकुमेन्ट्रीमा बीपी कोईरालाको नेपाल प्रवेशपछि जनमतसंग्रहसम्मका घटनाक्रमहरुलाई समेटिएको र यसले इतिहासको संरक्षण भएको बताए । त्यस्तै राजनीतिक विश्लेषक डा. राम थपलियाले बीपीले जहिल्यै सत्य, न्याय, प्रेम र यथार्थतालाई अंगालेको बताउनु भयो । उहाँले बीपीको राष्ट्रिय मेलमिलापको औचित्य आज झनै महत्वपूर्ण रहेको बताए ।
‘राजद्रोही राजनेता’को निर्माणसँगै अन्वेषण अभियानले अन्य १२ वटा ऐतिहासिक डकुमेन्ट्री निर्माण कार्य अघि बढेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
-
१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए