अझै भेटिएनन् भेरी नदीमा बेपत्ता भएका बालबालिका
सोमबार, ३० फागुन २०७८, १५ : ३६
भेरी नदीमा शनिबार बेपत्ता भएका सुर्खेतका बालबालिका अझै भेटिएका छैनन्। भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाटस्थित भेरी नदीमा नुहाउने क्रममा शनिबार साँझ पाँच बजेतिर ३ जना बालबालिका बेपत्ता भएका थिए ।
बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्। उनीहरुको खोजी कार्य निरन्तर भएपनि अहिलेसम्म कुनै अत्तोपत्तो लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए । डीएसपी घर्तीले भने,‘बेपत्ताको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन् भने गोताखोरले पनि खोजी कार्य गरिरहेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण