भिभोले उपभोक्ता मैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै
भिभोका लागि २०२१ आवश्यक परिवर्तन ल्याउने वर्ष सावित भएको छ । आफूलाई गुणस्तरीय उत्पादनको सिर्जना कर्ताबाट प्रविधि र डिजाइन दर्शनद्वारा सशक्त परिवर्तनवादी उत्पादनका निर्मातामा रूपान्तरण गरेको भिभोका वरिष्ठ उपाध्यक्ष शि युजियानले बताएका छन् । युजियानले २०२१ को भिभो विकास कर्ता सम्मेलनमा आविष्कारतर्फ अग्रसर गर्ने कम्पनीको प्रयोगकर्ता–उन्मुख रणनीतिको महत्वको बारेमा बताएका थिए ।
उनले प्रयोगकर्ताले भिभोप्रतिको आफ्नो दृष्टिकोणलाई ‘भिभो उत्पादनहरू छनोट गर्ने’ बाट ‘भिभो उत्पादनलाई माया गर्ने’ मा रूपान्तरण गर्ने बताए । भिभोले कम्प्युटिङ कार्यसम्पादनलाई अझ राम्रो बनाउन र पावर खपतको दक्षता बढाउन, उच्च रियल–टाइम कम्प्युटिङ इन्जिन, इन्टेलिजेन्ट सेड्युलिङ कम्प्युटिङ इन्जिन र उच्च गतिको डाटा–चेजिङ–लोडिङ कम्प्युटिङ इन्जिनसहित कम्प्युटिङ इन्जिन डिजाइन गरेको छ । त्यस्तै, भिभोले मेमोरी व्यवस्थापन दक्षता र कार्यसम्पादन बढाउन नवप्रवर्तनमा लगानी गरेको छ ।
सिस्टम रेसिडेन्ट मेमोरी लाइफ साइकल, एप्लिकेसन मेमोरी नियतन र डिर्याम र एसओसी आन्तरिक केसको व्यापक व्यवस्थापन सुनिश्चित गर्न कम्पनीले एक स्वतन्त्र भर्चुअल केस इकाइलाई अनुकूलित गरेको थियो । भिभोको आइओटी इकोसिस्टम पनि यसको प्राविधिक उन्नतिले सशक्त बनाइएको छ जसले उपकरणको जडान, डाटा प्रवाहको दक्षता र द्रुत एपलाई अपग्रेड र अप्टिमाइज गर्छ, जसले प्रयोगकर्तालाई थप आनन्ददायक स्मार्ट होम अनुभव प्रदान गर्छ । भिभोले आफ्नो आईओटी इकोसिस्टमअन्तर्गत चीनमा लगभग ६० वटा स्मार्ट ब्रान्डसँग सहकार्य गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार
-
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित
-
‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ !’
-
सलमान खानलाई राहत, हट्ने भयो ‘काला हिरण’को टिजर
-
जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दाजुभाइ
-
फिर्केलाई चेओङगेचेन बनाउँछु भन्थे मेयर, दुई महिनासम्म खोलाघर भत्काएरै सकिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण