जनता समाजवादी पार्टीले विघटन गर्यो समानान्तर कमिटी
जनता समाजवादी पार्टी नेपालले जिल्ला तथा स्थानीय तहमा बनेका विभिन्न समानान्तर कमिटीहरु खारेज गर्ने निर्णय गरेको छ । हिजोदेखि जारी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको सांगठनिक प्रस्तावमाथि छलफल भइ सो निर्णय भएको हो ।
पार्टी समायोजन गर्ने क्रममा केही जिल्ला तथा स्थानीय तहका पालिकाहरुमा समानान्तर कमिटी गठन भएका थिए । अब कुनै पनि समानान्तर कमिटी नरहने केन्द्रीय समितिले निर्णय गरेको अध्यक्ष यादवले बैठकमा घोषणा गरेका हुन् । केन्द्रीय समिति, संघीय परिषद् र प्रदेश समितिको समायोजन सम्पन्न भइसकेको छ भने बाँकी रहेका जिल्ला, पालिका, भातृ तथा शुभेच्छुक संगठनको समायोजन चैत १० गतेभित्र टुगों लगाउने निर्णय समेत गरेको छ ।
त्यसका साथै स्थानीय तहको चुनावमा केन्द्रीय सदस्यलाई समेत थप जिम्मेवारी दिने निर्णय गरेको छ । ‘कुन केन्द्रीय सदस्यले कुन गाउँपालिका, नगरपालिकामा काम गर्न इच्छा देखाउँछन्, ती सदस्यहरुको नाम संकलन गरी सोही अनुसार जिम्मेवारी तोकिएको छ’ बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । बैठक अझै जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण