मधेश प्रदेश सरकारप्रति ओलीको कटाक्ष - नारामा बेटी बचाउ, व्यवहार साइकल पचाउ
एमाले अध्यक्ष केपी ओलीले मधेश प्रदेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् । भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन् ।
‘नारा लगाउँदा ‘बेटी बढाउ, बेटी बचाउ’ भन्ने । व्यवहारमा साइकल पचाउ काम । तपाइँहरुको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला,’ ओलीले भने । ‘बेटी बढाउ, बेटी बचाउ’ नारा लिएको मधेश प्रदेश सरकारले छात्रालाई साइकल बाँडेको थियो ।
मधेश प्रदेश पर्यटकको हिसाव एकदमै राम्रो रहेको जानकारी दिँदै उनले सुनकोसी डाइभर्सन बनेपछि यस क्षेत्रको सिँचाइ सुविधा पुग्ने बताए । वीरगञ्ज–काठमाडौं रेल चल्ने बताएका उनले धार्मिक पर्यटनको हिसावले मधेश प्रदेश उत्कृष्ट रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण