बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकद्धारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिसियु वार्ड हस्तान्तरण

मङ्गलबार, ०१ चैत २०७८, १८ : २६
मङ्गलबार, ०१ चैत २०७८

माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यले २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।

 मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले उक्त वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी लाई हस्तान्तरण गरेका हुन् ।  बैंकका संचालक समितिका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले देशभर १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखासहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप