गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्ने : महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहनेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयको टुङ्गो चैत तेस्रो साता बस्ने केन्द्रीय समितिको बैठकले लगाउने उनले बताए ।
नेपाल प्रेस युनियनले सदरमुकाम खाँदबारीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टीको केन्द्रीय समितिको सुझावअनुसार नै गठबन्धनबारे निर्क्योल गरिने बताए । “स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुन्छ”, उनले भने । स्थानीय तह निर्वाचनलाई लक्षित गरी ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिएको उनको भनाइ थियो ।
काँग्रेसले पार्टी नयाँ ढङ्गको बनाउन र जनतासँग सबन्ध स्थापित गर्न अभियान सञ्चालन गरिहेको महामन्त्री शर्माले बताए । चुनावमा विचारको मुद्दा र विकासबारे बहस गर्नु जनताका लागि हितकार हुने उनले बताए । काँग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सफल भएको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु, सात यात्रु घाइते
-
जापानी राजदूत माएडाले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
९८ वर्षको इतिहासमा पहिलोपटक दुई जना मिस इङ्ग्ल्यान्ड घोषित
-
नेपालमा हाइड्रोजन गाडी सञ्चालनका लागि नीति तथा मापदण्ड बनाउन सरकारले माग्यो सुझाव
-
स्ट्रेट अफ होर्मुजमा चल्ने जहाजमा भारतीय नाविक नखटाउन भारत सरकारको निर्देशन
-
नेकपासँग बागमती सरकारबारे एमालेको ‘वाम गठबन्धन’ को प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण