शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : ६ महिनाको अवधिमा बजेट खर्च १५ प्रतिशत मात्र

मङ्गलबार, ०१ चैत २०७८, २० : ५८
मङ्गलबार, ०१ चैत २०७८

बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटका १५ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडाले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ०९ लाख २७ हजार रुपैयाँमध्ये १५ दशमलव १५ प्रतिशत खर्च गरेको जनाएको हो ।

सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदासम्म चालू आर्थिक वर्ष २०७८/०७९ को लागि विनियोजन गरिएको कुल बजेटको ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ खर्च गरेको हो । कोरोना संक्रमणको जोखिम, विभिन्न राजनीतिक परिवर्तन र सरकारको अस्थिरताको कारण बजेट अर्चमा सोचे अनुरुप खर्च गर्न नसकिएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कुल खर्चमध्ये चालूतर्फ विनियोजित ५ अर्ब २ करोड १६ लाख ३३ रुपैयाँको १९.३० प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ २ करोड ४८ लाख ५६ हजार रुपैयाँको  र वित्तीय व्यवस्थातर्फ ७० करोड खर्च गरेको छ । जुन कुल विनियोजित रकमको क्रमशः १० दशमलव १८ प्रतिशत र ३५ प्रतिशत हुन आउँछ ।

चालू आर्थिक वर्षमा कुल राजस्व ३१ अर्व ६९ करोड ४१ लाख २७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा सो अवधिमा १३ अर्व ५६ करोड ९२ लाख ५६ हजार रुपैयाँ प्राप्त भएको छ । जुन वार्षिक अनुमानको ४२ दशमलव ८१ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा सरकारले कुल राजस्व २६ अर्व ५ करोड ७६ लाख ९४ हजार प्राप्त हने अनुमान गरिएकोमा अर्ध वार्षिक समयमा कुल अनुमानको ३७ दशमलव १० प्रतिशत राजस्व प्राप्त भएको थियो । प्राप्त भएको रकम गत वर्षको अर्ध वार्षिक अवधिमा संकलन गरिएको राजस्वको तुलनामा करिव ४० दशमलव ३१ प्रतिशतले बढि हो ।

चालू आर्थिक वर्षमा संघीय सरकारबाट सशर्त, समानीकरण, समपूरक र विशेष अनुदान अन्तर्गत कुल १६ अर्व ९२ करोड ६८ लाख रुपैयाँ वित्तीय हस्तान्तरण प्राप्त हुने अनुमान गरिएको थियो । जस अन्तर्गत ६ महिनाको अवधिमा ९ अर्व ४८ करोड १९ लाख ९५ हजार रुपैयाँ अर्थात ५६ दशमलव ०२ प्रतिशत प्राप्त भइसकेको छ ।

गत आर्थिक वर्षमा संघीय सरकारबाट सशर्त, समानीकरण, समपूरक र विशेष अनुदान अन्तर्गत १७ अर्व ८६ करोड ९८ लाख प्राप्त हुने अनुमान गरिएकोमा पौष मसान्तसम्म ४ अर्व ३१ करोड १७ हजार अर्थात अनुमानित रकमको २४ दशमलव १२ प्राप्त भएको थियो ।

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा संघीय सरकारबाट वित्तीय हस्तान्तरण अन्तर्गत प्राप्त रकम मध्ये २ अर्ब ५० करोड ६० लाख ९० हजार खर्च भएको छ । जुन कुल हस्तान्तरित रकमको १४ दशमलव ८० प्रतिशत रहेको छ ।
त्यस्तै समानीकरण अनुदानतर्फ १६ दशमलव ३१ प्रतिशत र समपूरक अनुदान तर्फ ३ दशमलव ६१ प्रतिशत खर्च भएको छ । यसैगरी सशर्त अनुदान तर्फ १९ दशमलव ०५ प्रतिशत र विशेष अनुदान तर्फ ८ दशमलव १४ प्रतिशत खर्च भएको छ ।

चालू आर्थिक वर्षको ६ महिनाको अवधिसम्म संघीय सरकारबाट सशर्त अनुदानतर्फ ४६ करोड ६४ लाख ३१ हजार रुपैयाँ थप रकम प्राप्त भएको छ । प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा स्थानीय तहलाई समानीकरण, सशर्त, समपुरक र वित्तिय अनुदानतर्फको कुल ७ अर्व ५० करोड ५६ लाख ४१ हजार रुपैयाँ हस्तान्तरण गरिने अनुमान गरिएकोमा ६ महिनाको अवधिमा २ अब ८० करोड ३५ हजार रुपैयाँ अर्थात ३७ दशमलव ३१ प्रतिशत हस्तान्तरण भएको छ । जुन गत आर्थिक वर्षका तुलनामा १८ दशमलव २५ प्रतिशतले बढि रहेको छ ।

चालू आर्थिक वर्षको प्रथम ६ महिनामा स्थानीय तहमा शःशर्त अनुदानतर्फ १ अर्ब ८ करोड ८७ लाख ९१ हजार रुपैयाँ र वित्तीय समानीकरण अनुदानतर्फ ६४ करोड २० लाल ८४ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । साथै विशेष अनुदानतर्फ क्रमशः १३ करोड ४९ लाख ५८ हजार रुपैयाँ र समपूरक अनुदानतर्फ ९३ करोड ४२ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

स्थानीय तहहरूलाई वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण, समपूरक, विशेष तथा सशर्त अनुदान तर्फ ६ महिनाको अवधिसम्म २ किस्ता वापतको रकम हस्तान्तरण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप