आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दमकल नै नकिनी बिदा हुने भए जनप्रतिनिधिहरु

मङ्गलबार, ०१ चैत २०७८, २१ : २६
मङ्गलबार, ०१ चैत २०७८

वर्षेनी आगलागीबाट ठुलो जनधनको क्षति बेहोर्दै आएको पहाडी जिल्ला गुल्मीमा ‘एक पालिका एक दमकल’को कुरा स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरुले उठाएका थिए । तर अहिले सम्म रेसुङ्गा नगरपालिका बाहेक कुनै पनि पालिकाले दमकल खरिद गरेका छैनन् । ५ वर्षे कार्यकाल सकिन लाग्दा दमकल खरिद नगरी नै जनप्रतिनिधि बिदाबारी हुने सुरसारमा छन् । 

  रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले भने, ‘हाम्रो नगरपालिकामा हामी निर्वाचित भएर आउनुको दुई तीन महिनाअघि नै दमकल किनिएको थियो ।  त्यस यता एक पालिका एक दमकल खरिदको कुरा  पनि  चलेको हो ।  त्यो  पनि नभए दुई पालिका मिलेर एक दमकल खरिद गर्दा पनि डढेलो नियन्त्रणमा सहयोग पुग्ने भनिएको पनि हो ।  मुसिकोट नगरपालिकाले त एक्लैले दमकल किन्नु पर्ने तर कसैले पनि किनेको पाईएको छैन।’

मंगलबार जिल्ला विपद व्यवस्थापन समितिको बैठक तथा जिल्ला वन कार्यालयबाट डढेलो नियन्त्रण सम्वन्धि सरोकारवाला बीच कार्यपत्र प्रस्तुत गरियो । जहाँ दमकल खरिद बारे चर्चा नै चलेन ।

दमकल खरिद बारे चर्चा चलेको हालको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्याल नआउनु पूर्व नै हो ।  प्रजिअ पौड्यालले भने,‘ यसबारे त आजको बैठकमा चर्चा नै चल्न पाएन ।  जिल्ला वन अधिकृत प्रभात सापकोटाले  डढेलो नियन्त्रणमा  जनशक्ति र साधन श्रोतको  अभाव रहेकोले स्थानीय तहलाई आवश्यक साधन श्रोत जुटाउन आग्रह गरेका थिए ।

यस कुरामा प्रमुख जिल्ला अधिकारीले  पनि जोड दिए । तर यी यी साधन श्रोत जुटाउने भन्ने टुङ्गो भने लगाइएको छैन।  बैठकमा प्रमुख जिल्ला अधिकारी पौड्यालले बेमौसमी वर्षातबाट धानबाली लगायतको खेतीबालीमा क्षति भोगेका किसानहरुलाई कुल ३७ लाख ६७ हजार ५३१ रुपैयाँ राहत रकम आएको र उक्त रकम स्थानीय तहले सिफारिस गरेका किशानहरु कै खातामा पठाउन लागिएको जानकारी दिए ।

 त्यस्तै मनसुनजन्य विपदबाट घरवास विहिन बनका परिवारहरुलाई घर बनाई दिने प्रकृया अगाडी बढेको र  मंगलबारको बैठकमा  ४८ वटा घर निर्माण गर्ने निर्णय भएको प्रजिअ पौड्यालले बताए । बैठकमा जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले सुख्खा याम सुुरु भएको र कुनै पनि बेला आगोलागीको घटना हुन सक्ने भएकाले जिल्ला स्थित वन कार्यालय , सुरक्षा निकाय, स्थानीय तहहरु  डढेलो नियन्त्रणका लागि आवश्यक जनशक्ति र साधन श्रोत सहित तम्तयारी अवस्थामा रहनु पर्नेमा जोड दिएका थिए ।

   त्यस्तै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले आफ्नो पालिका तम्तयारी नै रहेको बताएका थिए ।  बैठकमा विभिन्न राजनैतिक दलका नेता तथा सरोकारवालाहरुको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप