स्थानीय चुनावमा ७० प्रतिशत क्षेत्रमा विजयी हुने एमाले अध्यक्ष ओलीको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न सांसदहरुलाई निर्देशन दिएका छन् । बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा विजय हासिल गर्न लागि कसरी खट्नुपर्छ भनेर निर्देशन दिएको पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
ओलीले वर्तमान सरकारले कुनै पनि राष्ट्रिय गौरवका आयोजना अघि बढाउन नसकेको, सरकार पूर्ण रुपमा असफल भएको र देशलाई रसातलमा पुर्याउन लागेको बताएका थिए । उनले यस्तो अवस्थामा एमालेले रमिते भएर बस्न नसक्ने र सशक्त रुपमा प्रतिवाद गर्ने बताएका थिए ।
अध्यक्ष ओलीले आगामी चुनावमा एमालेले ६५ देखि ७० प्रतिशत सिटमा विजय हासिल गर्ने बताए । उनले ७ सय ५३ वटा स्थानीय तह र ६ हजार बढी वडाहरू एमाले एक्लैले चुनाव लड्ने बताएका थिए । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले प्रमुख सचेतक भट्टराईले मंसिर २८ देखि चैत १ गतेसम्मको दशौं अधिवेशनमा सभामुखले १९ पटक बैठक तोकेको र बैठक ११ दिन बसेकोमा सो बैठकमा सरकारले आफ्नो उद्देश्य पूरा गर्ने काम मात्र गरेको र जनताको कुरा नउठाएको बताए ।
एमालेमाथि भएको असमान व्यवहार र विभेदविरुद्ध लामो समयदेखि एमालेले संसदको वेल घेराउ गरिरहेको बताउँदै उनले भने– ‘संसदमा वेल घेराउ र नाराबाजी भएको बेला दुनियाँमा कहिँपनि संसद चलाइँदैन । अहिलेको सत्तारुढ दल र सभामुखले जोर जबर्जस्ती रुपमा प्रमुख प्रतिपक्षी दललाई पूर्ण रुपमा व्यवास्ता गरेर संसद चलाइयो । त्यो बीचमा उहाँहरुले एमसीसी पास गर्नुभयो ।
त्यो एमसीसीलाई सन् २०१७ मा उहाँहरुले नै अमेरिकामा सम्झौता गर्नुभएको थियो । आफैले राष्ट्रघाती सम्झौता भनेर प्रचण्ड र माधव नेपालले एमसीसीमा ल्याप्चे लगाए । प्रधानमन्त्री देउवाले एकदिन पर्खेको भए उहाँहरुले व्याख्यात्मक सम्झौता बिना ल्याप्चे लगाउनुहुन्थ्यो । हामीले संसदीय क्रियाकलापमा भाग लिएका थिएनौं त्यसकारण त्यसमा हाम्रो स्वामित्व रहँदैन ।’
सचेतक भट्टराईले प्रतिनिधिसभाको कुनै अधिवेशन सुरु हुँदा संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा र अधिवेशन सकिएपछि संसदका कस्तो भूमिका निर्वाह भयो र सांसदहरुलाई पार्टी काममा जानका लागि निर्देशन दिन संसदीय दलको बैठक बस्ने गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
-
बाबुराम भट्टराईको प्रश्न : लोकतन्त्रको हत्या त गरिँदै छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण