नबिल बैंकले मोबाइल खुद्रा विक्रेतालाई कर्जा दिने
नबिल बैंकले मोबाइल खुद्रा विक्रेता व्यवसायीलाई कर्जा सुविधा उपलब्ध गराउने भएको छ । च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा बैंकका लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत (डनिल) र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन्‌ ।
बैंकले साना तथा मझौला स्तरका मोबाइल बिक्रीवितरण गर्ने व्यवसायीहरूको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले संघसँग सम्झौता गरेको जानकारी दिएको छ । सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा विक्रेताहरूलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पूँजीमा लगानी गर्ने उद्देश्यसाथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेछ ।
व्यवसायको आवश्कता बमोजिम व्यवसायीहरूले मोबाइल वितरकले बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवा सुविधाहरू प्राप्त गर्ने सम्झौतामा उल्लेख गरिएको छ । लघुवित्त कर्जा प्रमुख बस्नेतले नबिल बैंक सधैँ साना तथा मझौलास्तरका व्यवसायीहरूलाई समय–सान्दर्भिक कर्जा तथा सुविधाहरू सरल र सहज किसिमले प्रदान गर्न अग्रसर रहेको दाबी गरे । बढी भन्दा बढी व्यवसायीहरूको पहुँचमा कर्जा सुविधा पुर्याउन निरन्तर लागिपरेको पनि उनले बताए ।
साझेदारी अन्तर्गत संघमा आबद्ध भएका मोबाइल वितरक व्यवसायीहरूको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य राखिएको साझेदारहरूले बताएका छन्‌ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण