नबिल बैंकले मोबाइल खुद्रा विक्रेतालाई कर्जा दिने

नबिल बैंकले मोबाइल खुद्रा विक्रेता व्यवसायीलाई कर्जा सुविधा उपलब्ध गराउने भएको छ । च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा बैंकका लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत (डनिल) र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन्‌ ।
बैंकले साना तथा मझौला स्तरका मोबाइल बिक्रीवितरण गर्ने व्यवसायीहरूको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले संघसँग सम्झौता गरेको जानकारी दिएको छ । सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा विक्रेताहरूलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पूँजीमा लगानी गर्ने उद्देश्यसाथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेछ ।
व्यवसायको आवश्कता बमोजिम व्यवसायीहरूले मोबाइल वितरकले बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवा सुविधाहरू प्राप्त गर्ने सम्झौतामा उल्लेख गरिएको छ । लघुवित्त कर्जा प्रमुख बस्नेतले नबिल बैंक सधैँ साना तथा मझौलास्तरका व्यवसायीहरूलाई समय–सान्दर्भिक कर्जा तथा सुविधाहरू सरल र सहज किसिमले प्रदान गर्न अग्रसर रहेको दाबी गरे । बढी भन्दा बढी व्यवसायीहरूको पहुँचमा कर्जा सुविधा पुर्याउन निरन्तर लागिपरेको पनि उनले बताए ।
साझेदारी अन्तर्गत संघमा आबद्ध भएका मोबाइल वितरक व्यवसायीहरूको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य राखिएको साझेदारहरूले बताएका छन्‌ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए शपथ
-
अल–आहलीलाई उपाधि चुमाउँदै ऐतिहासिक खेलाडी बने फर्मिनो, मेन्डी र माहरेज
-
मेट गालामा डेब्यू गर्दैछन् दिलजित दोसांझ
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
९० को दशकसम्म नेतृत्व नछाड्ने ओली र प्रचण्डको सङ्केत
-
मेस्सी र स्वारेजको गोलसँगै इन्टर मियामीको सजिलो जित