दैलेख एमाले अधिवेशन : ३०० मत गन्दा रविन्द्रराज शर्मा अगाडि
बुधबार, ०२ चैत २०७८, २० : ५७
नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि मतगणना जारी छ । ७२१ जम्मा मताधिकार रहेको दैलेखमा ६८४ खसेको थियो । खसेका मतमध्ये अहिलेसम्म ३०० मत गणना भएको निर्वाचन अधिकृत हिमालयलङ् शाहले रातोपाटीलाई जानकारी दिए ।
गणना भएका मतका आधारमा रविन्द्रराज शर्मा अगाडि छन् । शर्माले १८६ मत ल्याउँदा उनका प्रत्यासी सुर्यबहादुर शाहीले १११ मत ल्याएका छन् । शाही भन्दा शर्मा ७५ मत अगाडि छन् । यस्तै उपाध्यक्षमा प्रेमबहादुर बुढा अगाडि छन् । बुढाले १६६ मत ल्याउँदा उनका प्रत्यासी टोपबहादुर विसीले ८८ मत ल्याएका छन् ।
सचिवमा युवा नेता रुद्र शाहीको १२९ मत रहेको छ भने उनका प्रत्यासी तिलक प्रसाद रिजालको रिजाल १६६ मत रहेको निर्वाचन अधिकृत शाहले जानकारी दिए । अपरान्ह चार बजेदेखि सुरु भएको मतगणना साँझ १० बजेसम्म सकिने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण