माैसमी रोगको जोखिम बढ्यो
नेपालमा कोरोना संक्रमण घटेसँगै मास्क लगाउन छोड्ने, जहाँ पायो त्यही जमघट भई खाने बानी बढ्दै गएकोमा सरुवा रोग विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । चैतदेखि मौसम परिवर्तन भई गर्मी बढ्ने र यो मौसममा विभिन्न सरुवा रोग लाग्ने हुनाले सफाइमा ध्यान दिन चिकित्सकले सुझाएका छन्।
दुई वर्षसम्म कोभिडले गर्दा बाहिर खुलेर हिँड्न नपाएका कारण अहिले स्वास्थ्य मापदण्डको बेवास्ता गरी हिँड्ने, जमघट हुने र सडक किनारमा राखिएका खाना खाने गतिविधि पर्याप्त देखिन थालेको डा. शेरबहादुर पुन बताउँछन् । तर यस्ता खाना दूषित हुने सम्भावना भएकाले यिनको सेवनबाट झाडापखाला, आउँजस्ता सरुवा रोगको जोखिम हुने उनको भनाइ छ। 'कोभिड घटेपछि धेरै मानिसहरू बाहिर निस्केर खाने, सडकका खानेकुरा खाने गरेको देखिन्छ। यो मौसममा यसरी खाना खाँदा झाडापखाला र आउँ लाग्छ', उनले भने।
पिउने पानी सफा नभएमा मौसमी रोगको जोखिम बढ्ने डा. पुनले बताए। राजधानी तथा अन्य सहरमा सफा पानीको नाममा जारको पानी पिउने तर जारकै पानी असुरक्षित हुने गरेको र कतिपय समुदायमा अहिले पनि उमालेको पानी पिउने प्रचलन नरहेकाले पानीबाट सर्ने रोगको संक्रमण हुने जोखिम पर्याप्त रहेको चिकित्सक औंल्याउँछन्। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण