शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के रुसका लागि चीन सञ्जीवनी बुटी होला ?

बिहीबार, ०३ चैत २०७८, १६ : ४७
बिहीबार, ०३ चैत २०७८

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चिनियाँ समकक्षीलाई यदि बेइजिङले रुसलाई सहयोग गरे नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएको २ दिनपछि पनि ती नतिजा के हुन सक्लान् भन्ने विषय गोप्य नै छ । आफूहरुले चीन र चिनियाँ समकक्षीसँग मिडियाबाट नभई प्रत्यक्ष वार्तालाप गर्ने ह्वाइट हाउसका प्रेस सल्लाहकार जेन साकीले बताइसकेका छन् ।

चीनको वरिष्ठ विदेश नीति अधिकारी याङ जिचीका अनुसार सोमबार रोममा भएको बैठकमा चीनले भोग्नुपर्ने विषयमा सुलिभान ठोस रुपमा प्रस्तुत भएको साकीले बताएका छन् । तर कुनै पनि सम्भावित असर र नतिजाको मामिलामा आफूहरुले निजी कुटनीतिक च्यानलबाट बताउने साकीले प्रस्ट पारेका छन् ।

युक्रेनमाथि रुसी आक्रमण ४ सातामा पुुगेको छ । यो अवधिमा चीन र चिनियाँ समकक्षीले मस्कोलाई कस्तो किसिमबाट सहयोग गर्छ र यसको प्रतिक्रिया कसरी दिने भन्ने विषयमा पश्चिमा गठबन्धनको चासो बढेको छ । हाल अमेरिका, बेलायत, युरोप र जापानले पनि रुसमाथि प्रतिबन्ध लगाइसकेका छन् । यसले विश्वव्यापी बजारमा पहिलेदेखि नै नयाँ अनिश्चितताको तह सिर्जना गरिसकेको छ ।

युक्रेनमा रुसी सेना प्रवेश गर्नु ४ दिन अगाडि अर्थात् फेब्रुअरी २० मा साकीले एक विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्तिमा यदि रुसले आफ्नो स्पष्ट योजनालाई सञ्चालन गरेमा अमेरिकाले तत्काल र कठोर प्रतिक्रिया जनाउन बाध्य हुने उल्लेख थियो ।

यो विषय चीनमा पनि लागू भएमा कसैले पनि गल्ती गर्न चाहँदैन । मस्कोले बारम्बार बेइजिङलाई सैन्य र आर्थिक सहयोग गर्न अनुरोध गर्दै आएको न्यूयोर्क टाइम्स र फाइनान्सियल टाइम्सले जनाइसकेका छन् । तर चीन र रुस दुवै सरकारले यो समाचार सार्वजनिक रुपमा अस्वीकार गर्दैै आएका छन् । रुसले त युक्रेनको युद्ध आफैले लड्ने बताएको छ ।

तर, मस्को र बाँकी विकसित विश्व बीचको आर्थिक लडाइँमा संलग्न हुने थोरै चासो पनि चीनले देखाएको छैन । संकटका लागि चीन कुनै पनि रुपमा एक पक्ष भएको थिएन र चीनलाई असर पार्ने प्रतिबन्ध लगाउन पनि ऊ नचाहने स्पेनका विदेश मन्त्रीसँगको फोन वार्ताको क्रममा चिनियाँ विदेश मन्त्री वाङ यीले बताएका थिए ।

त्यसो त बेइजिङको आधिकारिक टिप्पणीका अनुसार आफ्नो वैधानिक र स्वार्थ रक्षा गर्ने अधिकार चीनसँग भएको विषयमा वाङले जोड दिएका छन् । गत सातामात्रै क्रेमलिनले बेइजिङलाई आफ्नो सञ्जीवनी बुटी भएको धारणा राखेपछि यो झनै स्पष्ट भएको छ ।

रुसी वित्त मन्त्री एन्टोन सिलुआनोभले आइतबार मात्रै आफ्नो मुलुकको चीनसँगको आर्थिक साझेदारीले सहयोग र समन्वय कायम गर्न अनुमति दिने बताएका छन् । तर पश्चिमा बजारले रुसी निर्यातलाई बन्द गरेपछिको वातावरणमा यो झनै सान्दर्भिक भएको छ ।

चीनबाट आएको यो बढ्दो समन्वयले विभिन्न स्वरुप धारण गर्न सक्छ । त्यसमध्येका केहीले रुस विरुद्धको पश्चिमा प्रतिबन्धलाई उल्लंघन समेत गर्छ । यसले अमेरिकी प्रतिक्रियालाई स्वतस्फूर्त रुपमा क्रियाशील बनाउन सक्छ । चीनले लिन सक्ने अन्य निर्णयहरु प्राविधिक रुपमा वैध हुन सक्छ । यसले अमेरिकालाई यसको प्रतिकार गर्न नरम खालको चलाखीमा भर पर्न बाध्य बनाउन सक्छ ।

स्पष्ट उल्लंघनले रुसलाई सहयोग गरेको मानिन्छ । यो उल्लंघनमा चीनले अमेरिकाबाट उच्च प्रविधिका उपकरणहरु खरिद गरेर मस्कोलाई पुनः बिक्री गर्न सक्ने विषय पनि समावेश हुन्छ । यो कदम व्यवसायका लागि अत्यन्त खतराजनक हुन सक्छ । प्रतिबन्धहरु अमेरिकी कम्पनीहरूमा मात्रै सीमित नभइ अमेरिकी सफ्टवेयर तथा कम्पोनेन्टहरु प्रयोग गर्ने अन्य मुलुकमा पनि पर्न सक्छ । यसले चीनमा रहेका धेरैलाई समेट्छ ।

यो प्रमुख चिनियाँ सेमिकन्डक्टर कम्पनीहरूमा पनि लागू हुने वाणिज्य मन्त्री गिना राइमोन्डोले हालैमात्र बताएका छन् । यदि चीनले यी सामग्रीहरु रुसलाई बिक्री ग¥यो भने यो अमेरिकी निर्यात नियन्त्रणको उल्लंघन मानिने छ ।
आफूहरुले अमेरिकाको उपकरण र सफ्टवेयर प्रयोग गर्नबाट रोक्न सक्ने राइमोन्डोले मार्च ८ मा न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा बताएका थिए ।

अमेरिकाले आफ्नो आर्थिक शक्तिमार्फत कुनै पनि कम्पनीलाई रुसलाई सहयोग गर्नबाट रोक्न सक्ने उनले बताएका छन् । चीनको धेरैजसो ठूला संस्थाहरु अमेरिकी प्रतिबन्धबाट जोगिन जोखिम उठाउने पक्षमा देखिएका छैनन् । तर साना कम्पनीहरु भने प्रतिबन्धबाट थोरैमात्र गुमाउने भएकाले यो जोखिम उठाउन पनि सक्ने अवस्थामा देखिएको पिटरसन इन्स्टिच्यूट फर इन्टरनेशनल इकोनोमिक्सका अनुसन्धान फेलो मार्टिन चोरजेम्पाले बताएका छन् । चीनले गुनासो गर्न सक्ने तर प्रतिबन्धमा आबद्ध हुन सक्ने वासिङटनलाई उनले बताए ।

अर्को सम्भावित माध्यम भनेको चीनले सस्तोमा रुसी तेल र ग्यास किन्न सक्छ । यसो गर्दा अमेरिकी र ईयूको प्रतिबन्धको औपचारिक उल्लंघन हुने छैन । तर यो रुसको शासनका लागि महत्वपूर्ण जीवन जलको रुपमा हुन सक्ने छ ।
यस किसिमको चीन–रुस सहयोगले अमेरिकी प्रतिक्रियाको फरक प्रतिक्रिया दिन सक्छ । अमेरिकी र पश्चिमा मुलुकको दृष्टिमा खराब व्यक्तिको रुपमा चिनिएका भ्लादिमिर पुटिन र मस्को निर्वासित राज्यको रुपमा चिनिन सक्ने केही अमेरिकी विश्लेषकहरुले बताएका छन् ।

‘रुस, क्यूवा, उत्तर कोरिया, भेनेजुएला, इरान हालसम्म युक्रेनमाथि रुसी आक्रमणको पक्षमा देखिएका छन् । तर यिनीहरु अन्तर्राष्ट्रिय समूहमा देखा परेका छैनन् । धेरैजसो चिनियाँहरु यी मुलुक पनि अन्तर्राष्ट्रिय समूहमा आउनु पर्ने मान्छन् ।
 
एजेन्सीहरुको सहयोगमा समीर रेग्मी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप