धनगढीमा मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने
धनगढीमा सर्वाधिक धनराशिको प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने भएको छ । ‘खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो’ भन्ने मूल नारासहित वनदेवी युवा क्लब तेघरीको आयोजनामा आगामी वैशाख ३ गतेदेखि १० गतेसम्म प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने भएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा आठ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद पाँच लाख तथा उपविजेताले नगद दुई लाख ५० हजार प्राप्त गर्ने छ ।
प्रतियोगिताका प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ लाई नगद पाँच हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजार दिइनेछ । उत्कृष्ट खेलाडीलाई नगद ५० हजार दिइनेछ । प्रतियोगिता सञ्चालन गर्नका लागि करिब एक करोड खर्च लाग्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण