सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने

बिहीबार, ०३ चैत २०७८, २० : ४५
बिहीबार, ०३ चैत २०७८

धनगढीमा सर्वाधिक धनराशिको प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने भएको छ । ‘खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो’ भन्ने मूल नारासहित वनदेवी युवा क्लब तेघरीको आयोजनामा आगामी वैशाख ३ गतेदेखि १० गतेसम्म प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने भएको हो । 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा आठ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद पाँच लाख तथा उपविजेताले नगद दुई लाख ५० हजार प्राप्त गर्ने छ ।

प्रतियोगिताका प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ लाई नगद पाँच हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजार दिइनेछ । उत्कृष्ट खेलाडीलाई नगद ५० हजार दिइनेछ । प्रतियोगिता सञ्चालन गर्नका लागि करिब एक करोड खर्च लाग्ने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप