यूक्रेनी राष्ट्रपतिद्वारा थप सहयोग गर्न जर्मनीसँग आग्रह
बिहीबार, ०३ चैत २०७८, २१ : २६

यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार जर्मनीलाई आफ्नो देशको लागि बढी समर्थन प्रदान गर्न नेतृत्वको भूमिका निर्वाह गर्न आह्वान गरेका छन् । भिडियोमार्फत् जर्मन संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ सोल्जलाई थप सहयोग गर्न आह्वान गरेका हुन् ।
उत्तरी एटलान्टिक सन्धि संगठन ९नेटो० मा सामेल हुन नसक्दा निराश बनेका जेलेन्स्कीले यूक्रेनले अझै पनि यूरोपेली संघमा पहुँच प्राप्त गर्ने प्रयास गरिरहेको बताएका छन् । मार्चमा आयोजित एक पत्रकार सम्मेलनमा सोल्जले जर्मनी र नेटोले रुस–युक्रेन द्वन्द्वमा सक्रिय भूमिका नखेल्ने स्पष्ट पारेका थिए । उनले आफ्नो सरकारले ‘यो सङ्कटबाट मुक्त हुने संयुक्त मार्ग’ का लागि सबै कूटनीतिक माध्यम प्रयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंले साढे २७ करोड ‘राउण्ड ट्रिपिङ्ग’ गराए, ७ अर्ब २५ करोड ऋण
-
कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर
-
श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई आक्रमण भयो : कर्नेल सोफिया कुरेशी
-
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
-
भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर चिरञ्जीवी नेपालको चेतावनी
-
कोहलीले बीसीसीसीआईलाई भने, ‘टेस्ट क्रिकेटबाट संन्यास लिन चाहन्छु’