जनकपुरधाममा सीता-राम विवाह महोत्सव मनाइँदै (फोटोफिचर)
जनकपुरधाम - मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार आज भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ ।
जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।
महोत्सवका लागि अहिले यहाँ श्रद्धालु भक्तजनको ठूलो भिड लागेको छ । जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा बिहानैदेखि पूजाअर्चना पनि भइरहेको छ ।
विगतमा आन्दोलन र विशिष्ट अतिथिको आगमनले विवाह महोत्सव प्रभावित भई भक्तजनको सहभागितामा हुन नसेकेकामा आज भने लाखौँ भक्तजनको सहभागिताले महोत्सव आस्थाको केन्द्र बन्न पुगेको छ ।
महोत्सवमा देवीदेवताको सहभागिता नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म मिथिलावासी सहभागी हुने गर्दछन् ।
मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राममन्दिर र जानकी मन्दिरबाट राम र सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङभूमिमा लगि स्वयम्बर भएपछि जानकी मन्दिरमा ल्याई विवाह गरिन्छ ।
सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।
महोत्सवमा बिदाइका क्षण कारुणिक हुन्छ, मिथिलावासीले चेली बिदाइको गीत गाउँदा सबैको आँखा रसाउने गरेकाले प्रतीकात्मक विवाह वास्तविक विवाहझै हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण