होली मनाउने क्रममा झडप : २ राउण्ड गोली चल्यो, तीन एम्बुलेन्समा क्षति

रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ । शुक्रबार राति भएको झडपमा ई राउण्ड हवाई फायर भएको प्रहरीले जनाएको छ । तर कसले गोली चलायो भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कटहरिया–९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्षबीच भएको दोहोरो झडपमा दुवै पक्षका गरी तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये वडा अध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गहिरो चोट लागेको र उनकै पक्षका महबुब मिंयाको अनुहारमा गहिरो चोट लागेको छ । उनीहरुलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट विरगञ्ज पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
त्यसैगरी जयसवाल पक्षका घाइते जटाशंकर साहको गरुडास्थित एउटा नीजि अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले वडा अध्यक्ष रामाज्ञा यादव सहित ५ जना लाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिला खेल मैदानमा पसिना बगाए, अहिले खेलकुद हाँक्ने जिम्मा पाए
-
सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशन रद्द गर्ने आफ्नै फैसला पुनरावलोकन गर्ने
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश