समृद्ध प्रदेशका लागि शिक्षा अनिवार्य : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई समृद्ध र आत्मनिर्भर प्रदेशको रूपमा विकास गर्नका लागि सबैभन्दा पहिले हरेक नागरिकलाई गुणस्तरीय शिक्षा अनिवार्य रहेकोले आफ्नो कार्यकालमा शिक्षालाई पहिलो प्राथमिकता राखेको बताएका छन् ।
शनिवार रोल्पाको त्रिवेणी गाउँपालिका–३ लिवाङ्गस्थित सरस्वती माध्यमिक विद्यालयको प्रथम वार्षिकोत्सवमा बोल्दै उनले शैक्षिक जागरण दिएर हरेक मानिसको जीवन समृद्ध बनाउने दिशामा अगाडि बढेको बताउँदै त्यसलाई निरन्तरता दिइरहने बताएका हुन् ।
मुख्यमन्त्रीले रोल्पाको आफ्नो जन्मथलो रहेका गाउँपालिको विद्यालयमा बोल्दै विद्यालयलाई शैक्षिक र ज्ञान आर्जन गर्न सक्ने वातावरण निर्माण गर्न अनुरोध गर्दै त्यसका लागि प्रदेश सरकारले विद्यालयको भवन निर्माण, खेलकुद मैदान निर्माण, खानेपानी, शौचालय र आइटी शिक्षक लगायत समग्र शैक्षिक सुधार लगायतको विषयमा पूरा गरी दिने प्रतिबद्धतासमेत जनाए ।
नेपालको राजनैतिक परिवर्तनमा रोल्पा र रोल्पालीले पुर्याउँदै आएको योगदानले नयाँ नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण भएको स्मरण गर्दै यसरी नै रोल्पाको गौरव गाथालाई बचाई राख्नका लागि रोल्पा जिल्लाका विकास निर्माणलाई सन्तुलन मिलाएर अगाडि बढाउने उनले आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
-
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण