शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चुनावबारे विप्लवको पार्टीमा दुई लाइन, बैठक लम्बियो

शनिबार, ०५ चैत २०७८, २२ : ३५
शनिबार, ०५ चैत २०७८

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आगामी चुनावमा सहभागिता हुने–नहुनेबारे दुई लाइन देखिएको छ । शुक्रबारदेखि कपिलवस्तुमा सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले चुनावलाई उपयोग गर्ने नीतिका साथ राजनीतिक प्रतिवेदन पेश गरेपछि छलफलमा सहभागी केन्द्रीय सदस्यहरुले फरक फरक धारणा राखेका हुन् ।

 आजको बैठकमा १० जनाले आफ्ना धारणा राखेका छन् । विप्लवले प्रस्तुत गरेको प्रतिवेदन अध्ययन गरेपछि आजदेखि आफ्ना धारणा राख्ने क्रममा आज १० जनाले विचार प्रस्तुत गरेका हुन् । आज ४ जना स्थायी समिति सदस्य र ६ जना केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि आफ्ना धारण राखेको एक नेताले जानकारी दिए । 

सुरुमा समूहगत रुपमा छलफल गर्ने तयारी भएपनि सबैले आ–आफ्ना राख्न चाहेपछि  केन्द्रीय सदस्य र स्थायी समिति सदस्यहरु दुवैले आ आफ्ना धारणा राखेका हुन् ।  आज धारणा राख्नेमा ६ जना केन्द्रीय सदस्यहरु मध्ये  तीन जनाले चुनाव बहिस्कार गनुपर्ने बताएका छन् । यस्तै ३ जनाले प्रयोग गनुपर्ने धारणा राखेको माओवादी स्रोत बताएको छ ।

बैठक भोलि विहान ८ बजेदेखि पुनः सुरु हुने केन्द्रीय सदस्य पदम जिसीले बताए । बैठकमा धारणा राख्ने धेरै भएपछि बैठक लम्बिन पुगेको हो।   चुनावको मिति नजिकिदै जाँदा सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा आएको नेकपाले लिने निर्णयलाई महत्वका साथ हेरिएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप