यस्तो छ वर्ल्ड लिंकको स्मार्ट फोन पाउने अफर
काठमाडौं–लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वर्ल्डलिंकले आफ्ना ग्राहकहरुका लागि थप आकर्षक अफरका साथ “एककान दुई कान” अफरको सुरुवात गरेको छ ।
वल्र्डलिंकले जनाए अनुसार आफ्ना साथीभाई या नातागोतालाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिना सम्म निशुल्क इन्टरनेट र नेटटिभीबाटै टिभी हेर्न पाउने छन् । साथै स्मार्ट फोन समेत पाउने जनाईएको छ ।
यो अफर प्राप्त गर्नको लागि आफ्ना आफन्त लगायत साथीहरुलाई वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्न सल्लाहदिने शर्तको पालना गर्नुपर्ने छ । यदी एक जनालाई सल्लाह दिएर उनले वल्र्डलिंकको सेवा जडान गरे दुबै पक्षले एक–एक महिना वल्र्डलिंकको निशुल्क इन्टरनेट सेवा चलाउन पाउनेछन् ।
त्यस्तै तीन जनालाई सल्लाह दिएर उनीहरुले वल्र्डलिंकको सेवा जडान गरेमा तीन महिना सम्म निशुल्क इन्टरनेट सेवा चलाउनु पाउने कम्पनीले जनाएको छ । साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउन पाउने वल्र्डलिंकले जनाएको छ ।
तपाइको सल्लाह मानेर चारजनाले वल्डलिंकको नेट जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी निशुल्क पाउनु हुनेछ र साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउन पाउने छन् ।
त्यस्तै छ जनाले तपाईको सल्लाहमा सेवा जडान गरेमा तीन महिनाको इन्टरनेट र तीन महिनाको नेटटीभी निशुल्क र साथै स्मार्ट फोन उपहार स्वरुप पाइने पनि कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
पुलमुनि बेवारिसे शव फेला
-
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सुनसरीको देवानगञ्ज बजारमा दुई समूहबिच ढुङ्गा हानाहान
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण