युक्रेन युद्धमा अहिलेसम्म ८४७ सर्वसाधारण मारिए
आइतबार, ०६ चैत २०७८, ०८ : २९
युक्रेनमा जारी रुसी हमलाका कारण अहिलेसम्म ८४७ सर्वसाधारण मारिएका छन् । राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले जारी युद्धमा १८ मार्चसम्म उनीहरु मारिएको जनाएको छ । अधिकांश हताहतहरू बिस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट प्रणालीहरू, मिसाइल र हवाई हमलाहरूबाट भएको जनाइएको छ ।
देशमा ठूलो अनुगमन टोली भएको ओएचसीएचआरले युद्ध प्रभावित केही सहरहरूबाट हताहतको रिपोर्टहरू प्रमाणित गर्न बाँकी रहेको वास्तविक मृतकको संख्या यो भन्दा धेरै हुने जनाएको छ ।
रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । युद्धका कारण २५ लाख भन्दाबढी मानिस युक्रेन छाडेर छिमेकी देशहरुमा शरण लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण