बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अष्ट्रेलिया जान लागेकी युवती अवैध विदेशी मुद्रासहित विमानस्थलमा पक्राउ

आइतबार, ०६ चैत २०७८, १३ : ५२
आइतबार, ०६ चैत २०७८

अष्ट्रेलिया जान लागेकी युवतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठ छिन् ।

कतार एयरलाइन्सको उडान नम्बर क्यूआर–६४७ मार्फत उनी दोहा हुँदै अष्ट्रेलिया जान लागेकी थिइन् । उनको साथबाट अवैध तरिकाले लुकाएर लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर बरामद गरिएको छ ।

शनिवार पक्राउ परेकी रञ्जितालाई थप अनुसन्धान र कारवाहीका लागी राजस्व अनुसन्धान विभाग हरिहर भवनमा पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनको व्यागेज विमानस्थलमा खटिएका अधिकारीले एक्सरे मेसिनमा जाँच गर्दा अवैध डलर फेला परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप