काँग्रेस पार्टी कार्यालय अगाडि नेविसंघको प्रदर्शन
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विधानको कार्यान्वयन गर्न पार्टी नेतृत्वसँग माग गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै नेविसंघका पूर्व केन्द्रीय सदस्य अनिल खनालले भविष्यमा बलियो पार्टी निर्माणको लागि बलियो नेविसंघ निर्माण गर्न आवश्यक रहेको बताए । काँग्रेसको सिद्धान्त अनुरुप सबै उमेर समूहका विद्यार्थी नेताहरुको व्यवस्थापन गर्नु आवश्यक रहेको भन्दै उनले नेविसंघ विधानको पूर्ण कार्यान्वयन गराउन र विधान बमोजिम तदर्थ समिति गठन गर्न माग गरे । यस्तै काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रको बारेमा पार्टी सभापतिलाई जानकारी गराउने प्रतिवद्धता जनाए । उनले पार्टी सभापतिले गरेको निर्णयलाई सबै जिल्लाका पार्टी निकट भातृ संगठनले स्वीकार्ने विश्वास लिएको पनि बताए ।
नेविसंघ सघर्ष समितिले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियु निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न र नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न मागसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीहरू हेपिन तयार छैनन् : योगेश भट्टराई
-
प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
-
पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
-
राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
-
गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’
-
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण