शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस पार्टी कार्यालय अगाडि नेविसंघको प्रदर्शन

आइतबार, ०६ चैत २०७८, १६ : ०४
आइतबार, ०६ चैत २०७८

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विधानको   कार्यान्वयन गर्न पार्टी नेतृत्वसँग माग गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै नेविसंघका पूर्व केन्द्रीय सदस्य अनिल खनालले भविष्यमा बलियो पार्टी निर्माणको लागि बलियो नेविसंघ निर्माण गर्न आवश्यक रहेको बताए । काँग्रेसको सिद्धान्त अनुरुप सबै उमेर समूहका विद्यार्थी नेताहरुको व्यवस्थापन  गर्नु आवश्यक रहेको भन्दै उनले नेविसंघ विधानको पूर्ण कार्यान्वयन गराउन र  विधान बमोजिम तदर्थ समिति गठन गर्न माग गरे । यस्तै काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रको बारेमा पार्टी सभापतिलाई जानकारी गराउने प्रतिवद्धता जनाए । उनले पार्टी सभापतिले गरेको निर्णयलाई सबै जिल्लाका पार्टी निकट भातृ संगठनले स्वीकार्ने विश्वास लिएको पनि बताए ।

नेविसंघ सघर्ष समितिले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियु निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न र नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित  गर्न मागसमेत गरेको छ ।       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप