मदिरा सेवनबाट भारतमा १७ जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ । च्यानलका अनुसार उनीहरूको मधेपुरा, भागलपुर, बाँका र मुर्लिगञ्ज गरी चार जिल्लामा मृत्यु भएको थियो ।
समाचारमा भनिएको छ, “उपलब्ध जानकारीअनुसार मधेपुरामा तीन जना, बाँकेमा नौ र भागलपुरमा चार जनाको मृत्यु भएको छ भने बिहारको मुर्लिगन्जले अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण एकजनाको मृत्यु भएको जनाएको छ ।” “बिहारमा अनधिकृत रूपमा उत्पादित मदिराका कारण यो राज्यको भागलपुर ९छ० र गोपालगञ्ज ९१०० गरी दुई जिल्लामा १६ जनाको मृत्यु भएको एक हप्ता पनि नबित्दै यो दुःखद् घटना भएको हो । ”
बिहार सुक्खा राज्य हो र सन् २०१६ देखि यहाँ अनाधिकारिक रूपमा उत्पादन हुने र बिक्री हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । रक्सी खाएर मृत्यु भएको भनिएका उनीहरूको पोष्टमोर्टम रिपोर्ट आउन अझै बाँकी रहेकोले अहिल्यै मृत्युको वास्तविक कारण पुष्टि गर्न हतार गर्नु गलत हुने प्रहरीले बताएको छ । भारतमा रक्सीले गर्दा हुने घातक मृत्युबारे अक्सर समाचारहरू आउने गर्छन् ।
गरिब मानिसहरूको बसोबास रहेको यस क्षेत्रमा अक्सर घरायासीरूपमा बनाइने सस्तो मदिरा पिउँदा मदिरामा हुने बिषाक्त तत्वका कारण मृत्यु हुने गरेको स्थानीयको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण