आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा अन्तर्घात गर्नेलाई कारबाही हुन्छ : शेखर कोइराला

आइतबार, ०६ चैत २०७८, २१ : ३४
आइतबार, ०६ चैत २०७८

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले यस पटकको स्थानीय निर्वाचनमा बागी उठ्ने कार्यकर्तालाई तत्कालै कारबाही गरिने बताएका छन् । विराटनगरमा वडा नम्बर १२ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । 

उनले महाधिवेशनको समयमा भएको पार्टीभित्रको तिक्तता हटेर गइसकेको पनि बताए । त्यसैलाई आधार मानेर गुटगत राजनीतिमा लागे काँग्रेस समाप्त हुने बताउँदै उनले बागी उठ्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने बताए ।

‘अधिवेशनमा कसैले जित्नु भयो कसैले हार्नुभयो । अब अधिवेशनको तुष र तिक्तता मनमा लिनुहुँदैन’, कोइरालाले भने, ‘महाधिवेशनमा मैले पनि जित्न सकिन । तर मैले महाधिवेशन सकिएसँगै मनभित्रको सबै तिक्तता हटाइसकेँ ।’ 
उनले तीनै तहको निर्वाचनमा पार्टीका जुनसुकै व्यक्तिले टिकट पाए पनि जिताउनेतर्फ सबै लाग्नुपर्ने बताए ‘अब विगतमा जस्तो पार्टीका उम्मेदवारलाई हराउनेलाई छुट हुँदैन । ठाउँको ठाउँ निष्कासन हुन्छ,’ नेता कोइराला बागी उठ्नेलाई कारबाही गर्ने बताउँदै भने ।

कोइरालाले निर्वाचनमा कसैसित पनि गठबन्धन नगरी आगामी निर्वाचनमा जानुपर्नेमा जोड दिए । ‘हामी एक ढिक्का भएर चुनावमा गए कसैले पनि काँग्रेसलाई हराउन सक्दैन,’ कोइरालाले भने, ‘हामी सबै एक ढिक्का हुनुपर्छ । त्यसो भयो भने कसैसित पनि गठबन्धन नगरी चुनाव जित्न सक्छौँ ।’

कार्यक्रममा नेपाली काँग्रेस मोरङका उपसभापति नागेश कोइरालाले काँग्रेसले मात्रै जनताका समस्या समाधान गर्दै देशको विकास गर्ने बताए । उनले राजनैतिक परिवर्तनमा जस्तै अब मुलुकको आर्थिक विकास र समृद्धि काँग्रेसको नेतृत्वबाट मात्रै सम्भव हुने उपसभापति कोइरालाको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप