युक्रेनका राष्ट्रपति भन्छन्- वार्ताबाट युद्ध अन्त्य नभए तेस्रो विश्वयुद्ध

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका माध्यमबाट सफलता हासिल नभए रुस–युक्रेन युद्ध अन्ततः तेस्रो विश्वयुद्धमा परिणत हुने बताएका छन् । आइतबार अमेरिकी न्यूज च्यानल ‘सीएनएन’सँग कुरा गर्दै जेलेन्स्कीले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ताका लागि तयार रहेको पनि बताए । उनले युद्ध समाप्त गर्ने एकमात्र तरिका वार्ता नै रहेको प्रस्ट पारे ।
जेलेन्स्कीले भने, ‘मलाई लाग्छ, हामीले वार्ताको सम्भावनाका लागि कुनै पनि प्रारुप, कुनै पनि अवसरको उपयोग गर्नुपर्छ ।’ यद्यपि जेलेन्स्कीले रुसको प्रायोजित पृथकतावादी क्षेत्रलाई स्वतन्त्र क्षेत्रका रुपमा मान्यता दिनुपर्ने कुनै पनि सम्झौता अस्वीकार्य रहेको प्रस्ट पारे ।
उनले युक्रेन नेटो संगठनको हिस्सा भएको भए यो लडाइँ सुरु नै नहुने पनि बताए । उनले भने, ‘यदि नेटोका सदस्यले हामीलाई गठबन्धनमा सामेल गराउन चाहने हो तुरुन्त गरुन् किनकि यो युद्धमा दैनिक मानिसको मृत्यु भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न