युक्रेनका राष्ट्रपति भन्छन्- वार्ताबाट युद्ध अन्त्य नभए तेस्रो विश्वयुद्ध
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका माध्यमबाट सफलता हासिल नभए रुस–युक्रेन युद्ध अन्ततः तेस्रो विश्वयुद्धमा परिणत हुने बताएका छन् । आइतबार अमेरिकी न्यूज च्यानल ‘सीएनएन’सँग कुरा गर्दै जेलेन्स्कीले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ताका लागि तयार रहेको पनि बताए । उनले युद्ध समाप्त गर्ने एकमात्र तरिका वार्ता नै रहेको प्रस्ट पारे ।
जेलेन्स्कीले भने, ‘मलाई लाग्छ, हामीले वार्ताको सम्भावनाका लागि कुनै पनि प्रारुप, कुनै पनि अवसरको उपयोग गर्नुपर्छ ।’ यद्यपि जेलेन्स्कीले रुसको प्रायोजित पृथकतावादी क्षेत्रलाई स्वतन्त्र क्षेत्रका रुपमा मान्यता दिनुपर्ने कुनै पनि सम्झौता अस्वीकार्य रहेको प्रस्ट पारे ।
उनले युक्रेन नेटो संगठनको हिस्सा भएको भए यो लडाइँ सुरु नै नहुने पनि बताए । उनले भने, ‘यदि नेटोका सदस्यले हामीलाई गठबन्धनमा सामेल गराउन चाहने हो तुरुन्त गरुन् किनकि यो युद्धमा दैनिक मानिसको मृत्यु भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण