एमाले पोलिटब्युरो बैठक : १७ तस्बिरमा हेरौं
सोमबार, ०७ चैत २०७८, १२ : ५२

स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकअघि पोलिटब्युरो बैठक बोलाएको हो ।
गत चैत १ गते बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक बस्ने निधो गरेको थियो । स्थायी कमिटीको बैठक भने चैत १३ गते बस्नेछ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत