तरलता अभावमा बैंकहरुले लगानी गर्न छाडे, ४ दिनमा ५ अर्ब झिकियो
पछिल्लो हप्ता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पुनः ब्रेक लागेको छ । गत फागुन २७ गतेदेखि ३० गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ७ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेकोमा ३० गतेदेखि फागुन ४ गतेसम्ममा पुनः ५ अर्बले निक्षेप गुमेको हो ।
नेपाल बैंकर्स संघकाअनुसार फागुन ३० गतेदेखि चैत ४ गतेसम्ममा २७ वटा वाणिज्य बैंकहरुले ५ अर्बले निक्षेप गुमाउँदै कुल ४३ खर्ब २८ अर्ब रुपैयाँ मात्र संकलन गर्न सकेका छन् । यसको मतलब चार दिनमा नै निक्षेपकर्ताहरुले बैंकहरुबाट ५ अर्ब रुपैयाँ निक्षेप झिकेका छन् ।
लगानीयोग्य रकम (तरलता) कै अभावमा बैंकहरुले लगानीमा कडाई गर्दा यता समीक्षा अवधिमा कर्जा लगानी समेत घटेको छ । बैंकर्स संघकाअनुसार पछिल्लो चार दिनमा (फागुन ३० गतेदेखि चैत ४ गतेसम्म) २७ वाणिज्य बैंकहरुले ४ अर्बले कर्जा लगानी घटाउँदै कुल ४१ खर्ब ६८ अर्ब रुपैयाँ मात्र लगानी गरेका छन् । यस्तो कर्जा अघिल्लो हप्ता एक अर्बले घटाउँदै बैंकहरुले कुल ४१ खर्ब ६९ अर्ब लगानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण