बाम गठबन्धन र पार्टी एकता गर्न भुसालको प्रस्ताव
नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीको एकता गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोमबार बसेको एमाले पोलिटब्युरो बैठकमा नेता भुसालले यस्तो प्रस्ताव राखेका एक पोलिटब्युरो सदस्यले जानकारी दिए ।
‘नेकपा एमाले वाम एकताको मुल प्रवाह भएकाले र नेकपा विभाजन हुनुमा वैचारिक तथा सैद्धान्तिक कारण नभएकाले आगामी निर्वाचनमा वामपन्थी विजयलाई सुनिश्चित गर्न कम्युनिस्ट पार्टीको एकता गठबन्धन अहिलेको आवश्यक्ता छ’, भुसालले बैठकमा राखेको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘कम्युनिस्ट पार्टीका अत्याधिक बहुसंख्यक सदस्य र कार्यकर्ताले कम्युनिस्ट पार्टीको एकता चाहेका छन्,त्यसैले कम्युनिस्ट एकता गठबन्धन गर्न आवस्यक छ ।’
यसअघि नेता भुसालले वाम एकता अहिलेको आवश्यक्ता भन्दै बहस चलाएका थिए । उक्त बहसप्रति अध्यक्ष ओलीले कटाक्ष गर्दै माधव नेपाल र प्रचण्डसँग एकता असम्भव रहेको जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण