एमालेको उम्मेदवार छनोट मापदण्ड हेरफेर

नेकपा एमालेले यसअघि सचिवालयले गरेको स्थानीय तह निर्वाचनका उम्मेदवारको विधि हेरफेर गरेको छ । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेताहरुले दिएको सुझावका आधारमा उम्मेदवार सिफारिस विधिमा हेरफेर गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
यसअघि चैत १ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने विधि तय गरेकोमा पोलिटब्युरो बैठकले त्यसलाई हेरफेर गर्दै वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव पास गरेको हो ।
त्यसरी गरिएको सिफारिसलाई पालिका कमिटीमार्फत जिल्ला कमिटीले निर्णय गर्ने प्रचार विभाग प्रमुख गुरुङले बताए । त्यस्तै पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको सिफारिस सम्बन्धित पालिका कमिटी हुँदै जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने भएको छ । यसअघि पालिका प्रमुख उपप्रमुख पालिकाको सिफारिसमा जिल्ला कमिटीले गर्ने बताएको एमालेले अव भने प्रदेशले गर्ने भएको छ । महानगरपालिका र उपमहानगरपालिका मेयर तथा उपमेयरको निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने यसअघिकै निर्णय सदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत