काँग्रेस जनताको मन मुटुमा बसेको छ : बानियाँ
नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश कार्यसमिति काँग्रेसलाई जनताप्रति अझै जवाफदेही र जिम्मेवार बनाउन सक्रिय ढंगबाट अघि बढिरहेको बताएका छन् ।
सोमबार हेटौंडामा बागमती प्रदेश समितिको तोस्रो पूर्ण बैठकको उद्घाटन समारोहमा बोल्नै नेता बानियाँले काँग्रेस नेपाली जनताको मन मुटुमा बसेको पार्टी भएको बताउँदै काँग्रेसप्रति जनताको विश्वास अझै आर्जन गर्न सबैले आ–आफ्नो क्षेत्रमा भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको तिक्तताहरुलाई विर्सिएर काँग्रेसको पक्षमा जनमत ल्याउन सबैजना अग्रसर हुन आग्रह गरे । उनले आन्तरिक विवादहरुलाई मिलाउँदै, जनताको सुख दुःखमा सरिक हुन सबैको विचार भावनाको सम्मान गर्दै काँग्रेस अघि बढ्ने प्रष्ट पारे ।
काँग्रेसको संगठनलाई अझै चुस्त दुरुस्त बनाउने सन्दर्भमा प्रदेश कार्यसमितिले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । उनले कम्युनिष्टहरुका कारण जनतामाथि भइरहेको समस्याको हल गर्न काँग्रेसका कार्यकर्ता र जनप्रतिनिधिहरु सक्रिय रुपमा लाग्नुपर्ने उनको भनाई छ ।
उनले कम्युनिष्टको दवदवा तोड्दै काँग्रेसले आगामी निर्वाचनमा सफलता हात पार्न आम जनताको घर घरमा पुगेर पार्टीको नीति विचार र एजेण्डाका बारेमा जानकारी गराउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण