बाम एकताको विकल्प छैन : घनश्याम भुसाल
नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी सैद्धान्तिक र वैचारिक रुपमा एकै ठाउमा रहेकाले फरक फरक दल बनाउनु जरुरी नभएको बताएका छन् । उनले राजनीतिक स्थिरता र सम्बृद्धिका लागि तीनवटै पार्टी एक ठाउमा आउनुको विकल्प नभएको पनि बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न वाम शक्तिहरु एक ठाउमा आउनुपर्ने बताएका छन् । भुसालले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विभाजनको औचित्य नरहेको भन्दै तीनवटै पार्टी समाजवाद चाहेकाले आफुले एकताको पक्षमा आवाज उठाएको बताए । मंगलबार काठमाडौमा सञ्चारकर्मीसँग छलफल गर्दै भुसालले भने, ‘पार्टी विभाजनको सैद्धान्तिक र वैचारिक आधार छैन । कम्तीमा तीन पार्टी र अन्य पार्टीहरू जो चुनावमा जान्छन् यदि तपाई जानुहुन्छ भने के भनेर जानुहुन्छ समाजवाद ल्याउने हो भनेर जानुहुन्छ । आजै समाजवादी उत्पादन सम्बन्ध कायम गर्न सक्नुहुन्न । त्यसको तयारी गर्नुपर्छ । त्यसका लागि मुलुकलाई सम्बृद्धितर्फ लैजानुपर्छ ।’, नेता भुसालले सैद्धान्तिक रुपमा पनि तीन पार्टीले गर्ने कुरा एउटै रहेको बताए ।
‘वैचारिक सैद्धान्तिक एउटै कुरा गर्ने हो भने तीनवटा पार्टी किन चाहिन्छ ? यो भन्दा हास्यास्पद कुरा के हुन्छ ?’, भुसालको प्रश्न छ । सिद्धान्त र विचारको रामरमिता गर्न नहुने बताउदै भुसालले एकताको पहल गर्ने दायित्व एमालेकै काँधमा रहेको भनाइ छ । उनले आगामी चुनावमा वाम पार्टीहरू छुट्टाछुट्टै लड्दा र एउटै भएर लड्दा आउने परिणाम फरक हुने भएकाले आफूले एकताको पक्षमा आवाज उठाएको पनि बताए ।
‘वामहरुले एक ठाउमा उभिदा जित्ने चीज धेरै ठुलो र प्रभावकारी हुन्छ । यसो गर्दा कम्युनिस्ट पार्टी र आन्दोलनको पक्षमा परिणामलाई सुनिश्चित गर्न पनि हामीले एकता गर्नुबाहेक कुनै विकल्प छैन’, भुसालको दावी छ । कम्युनिस्ट पार्टीहरूका धेरै नेता कार्यकर्ता एकताकै पक्षमा रहेको भन्दै भुसालले कम्युनिस्ट आन्दोलनको विभाजनमा मात्रै आफ्नो भविष्य देख्नेहरुमात्र एकताको पक्षमा नभएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण