बुटवलमा कृषि मेला हुने
बुटवलमा चैत १० देखि १४ गतेसम्म विशिष्टिकृत कृषि मेला–२०७८ हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघले प्रत्येक वर्ष गर्ने मेला कृषि मेलाको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय,बुटवल उपमहानगरपालिका,नेपा उद्योग वाणिज्य महासंघ,कृषि उद्यम केन्द्र र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रवद्र्धनमा यहि चैतको १० देखि १४ गतेसम्म संघको सचिवालय परिसर बालमन्दिरमा मेला हुनेछ ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले मेलामा ४० देखि ५० वटा कृषि सम्बन्धी स्टलहरु राखिने छन् । मेलालाई करिब २५ हजारले अवलोकन गर्ने अनुमान छ । कृषक समूह, सहकारी एवं कृषिसँग सम्बन्धित सरकारी कार्यालय तथा संघ संस्थाहरु लगायत उपभोक्ता सम्पूर्णलाई मेला स्थलमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । मेलाको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्ने कार्यक्रम छ ।
मेला स्थलमा अन्य आकर्षणहरुमा दुग्धपान प्रतियोगिता,कालिज पालन सम्बन्धि जानकारी तथा परामर्श ,लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी,कृषिमा आधारित सांस्कृतिक कार्यक्रम रहेको महासचिव विमलराज भट्राईले बताए ।
यस्तै मेलामा कृषि परिकार ,कृषिका अत्याधुनिक प्रविधिको प्रर्दशन,उत्कृष्ट कृषि उत्पादनको प्रबद्र्धन, कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल हुने जनाएको छ । मेला प्रवेश नि शुल्क रुपमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण