पारस उत्कृष्ट दशक खेलाडी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।
अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । सन् २०१० विश्व क्रिकेट लिग डिभिजन ५ विजेता बन्दा नेपालबाट पारसले सर्वाधिक २ सय ५० रन बनाउन सफल भएका थिए । २०११ मा नेपाललाई पहिलो पटक एसीसी टी–ट्वान्टी कपको सेमिफाइनलमा पु¥याउनु साथै विश्वकप छनोटमा पुर्याउन पारसले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले १ सय १ रन बनाउनु साथै ७ विकेट लिए ।
२०१२ मा नेपालले पहिलो पटक टी–ट्वान्टी विश्वकप छनोटमा सातौं स्थान हात पार्दा नेपालबाट सर्वाधिक २ सय ५४ रन बनाएका पारसले ७ विकेट समेत लिएका थिए । २०१२ मा विश्व क्रिकेट लिग डिभिजन ४ को नेपाल विजेता बन्दा पारसले ९ विकेट लिएका थिए । २०१३ मा नेपाल पहिलो पटक एसीसी टी–ट्वान्टी को फाइनलमा प्रवेश गर्दा नेपालबाट उनले सर्वाधिक २०७ रन बनाएका थिए । २०१४ मा नेपाललाई पहिलो पटक टी–ट्वान्टी विश्वकपमा उतार्दै ३ खेलमा ८३ रन बनाएका पारसले नेपाललाई हङकङ र अफगानिस्तानमाथि ऐतिहासिक जित दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण