दुर्घटनामा सुपरभाइजरको मृत्यु
मङ्गलबार, ०८ चैत २०७८, २० : ५९
कपिलवस्तुमा सडक निर्माणका क्रममा रोलर मेशिनले ठक्कर दिँदा मंगलबार एक जनाको ज्यान गएको छ । जिल्लाको महाराजगंज नगरपालिका–२ गैडहवास्थित सडकमा बा २ क ४३३९ नम्बरको बाटो दवाउने रोलर मेशिनको ठक्करबाट सोही बाटो हेर्ने सुपरभाईजर कपिलवस्तु नगरपालिका-४ दालपुर बस्ने ३५ वर्षीय बसन्त कुमार यादवको मृत्यु भएको हो ।
बाटो पिच गर्ने क्रममा उक्त रोलर मेशिनले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रोलर मेशिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण