बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुर्घटनामा सुपरभाइजरको मृत्यु

मङ्गलबार, ०८ चैत २०७८, २० : ५९
मङ्गलबार, ०८ चैत २०७८

कपिलवस्तुमा सडक निर्माणका क्रममा  रोलर मेशिनले ठक्कर दिँदा मंगलबार एक जनाको ज्यान गएको छ ।  जिल्लाको महाराजगंज नगरपालिका–२ गैडहवास्थित सडकमा बा २ क ४३३९ नम्बरको बाटो दवाउने रोलर मेशिनको ठक्करबाट सोही बाटो हेर्ने सुपरभाईजर कपिलवस्तु नगरपालिका-४ दालपुर बस्ने ३५ वर्षीय बसन्त कुमार यादवको मृत्यु भएको हो ।

बाटो पिच गर्ने क्रममा उक्त रोलर मेशिनले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ  । रोलर मेशिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप