शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बलीमा

बुधबार, ०९ चैत २०७८, ११ : ४३
बुधबार, ०९ चैत २०७८

कोपा अमेरिका विजेता अर्जेन्टिना र युरो कप विजेता इटाली बीचको खेल वेम्बली स्टेडियममा हुने भएको छ । दुई टोलीबीचको खेल जुन १ मा हुने भएको हो । युरोपेली फुटबलको सर्वाेच्च निकाय यूईएफएले दुई टोलीबीचको खेलको टिकट २४ मार्चबाट सुरु हुनेछ । 
अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ को उपाधि जितेको थियो । ब्राजिलमा भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराएको थियो । 

त्यस्तै इटालीले इङ्ग्ल्यान्डलाई हराएर युरो कप २०२० को उपाधि जितेको थियो । इटालीले इङ्ग्ल्यान्डलाई पेनाल्टी टुट आउटमा जित निकालेको थियो ।  जसमा इटालीले ३–२ गोलको जित निकाल्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप