चीनमा बेपत्ता विमानको ब्ल्याकबक्स भेटियो
बुधबार, ०९ चैत २०७८, २१ : ४३
चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए । उद्धारकर्ताहरूले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन् । विमान बेपत्ता हुनुमा मौसम सम्वन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरूले पनि औपचारिक र आधिकारीक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण