शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

शहीद स्मारक बी डिभिजन लिग : टुसाल विजयी

शुक्रबार, ११ चैत २०७८, १४ : १३
शुक्रबार, ११ चैत २०७८

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको हो । टुसालका लागि एसपीजङ्ग कार्की र ओमप्रकाश रोकाले दुई/दुई गोल गरे । कार्कीले खेलको २४औँ मिनेट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै रोकाले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए । 
    
रोकाले खेलको ६८औँ मिनेटमा अर्को गोल थप्दै टुसालको अग्रता तेब्बर बनाए भने कार्कीले खेलको ९०औँ मिनेटमा गोल गर्दै टुसाललाई ४–० ले जित दिलाए । जितसँगै टुसाल युथ आठ खेलमा ११ अङ्क जोडेर छैटौँ स्थानमा उक्लिएको छ । लिगमा १४ क्लब सहभागी छन । शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुने छन् भने पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप