जर्मनीद्वारा युक्रेनलाई १५ सय स्ट्रेला मिसाइल सहयोग
शनिबार, १२ चैत २०७८, १२ : ३२
जर्मन प्रेस एजेन्सीले जर्मनीबाट १५ सय स्ट्रेला एन्टी एयरक्राफ्ट मिसाइल र १०० एमजी ३ मेसिन गनको खेप युक्रेन आइपुगेको युक्रेनी सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ।
जर्मनीकी विदेशमन्त्री एन्नालिना बारबकले बुधबार युक्रेनमा मिसाइल पुग्न ढिलाइ भएको बताएकी थिइन्। यद्यपि उनले युक्रेनलाई सहयोग गर्न स्ट्रेला मिसाइल पठाइएको पनि उल्लेख गरेकी थिइन् ।
जर्मनीको विदेश नीति अनुसार उसले द्वन्द्वग्रस्त क्षेत्र वा संलग्न देशहरूलाई हतियार दिँदैन। तर रुसले युक्रेनमा आक्रमण गरेपछि उसले आफ्नो विदेश नीति परिवर्तन गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बारबाकले भनिन्, ‘हामी विश्वमा हतियारको सबैभन्दा ठूलो निर्यातकर्तामध्ये एक हौं । यो हाम्रा लागि गर्वको कुरा होइन, तर हामीले युक्रेनलाई सहयोग गर्न यो गर्नुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण