आन्तरिक विवाद मिलाउन सके काँग्रेस सबैभन्दा बलियो पार्टी : शेखर कोइराला
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा काँग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दावी गरेका छन् । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको काँग्रेस (आई) को हालत हुन सक्नेतर्फ सचेत हुन जोड दिए ।
‘‘एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा गर्दा काँग्रेस आइको हालत नहोला भन्न सकिन्न,’ कोइरालाले भने, ‘गत १० वर्षको काँग्रेस आइ गठबन्धन गर्दागर्दै अहिले चारैतिर कमजोर भएको छ । यसलाई बुझ्नु पर्छ ।’ कोइरालाले गठबन्धनतर्फ जाने भन्दा पनि पार्टीको आन्तरिक मजबुतीलाई बलियो बनाउन जोड गरे ।
‘सबैभन्दा पहिला त पार्टीको आन्तरिक बिषयलाई मजबुत र एकजुट बनाउनुपर्छ, त्यसो गर्न सके काँग्रेस बलियो हुन्छ । हुन त सभापतिज्यू त्यसमा लागिरहनुभएको छ,’ कोइरालाले अगाडि भने, ‘यो तमाम काँग्रेस कार्यकर्ताको भावना पोखिरहेको छ, यसलाई लत्याएर गठबन्धन गठबन्धन भनिरहनु हुन्न ।’ उनका अनुसार एमाले र माओवादी विभाजन भएको अवस्थामा सोचपूर्ण रुपले निर्णय लिनुपर्ने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण