एनटीआरकी बेहुली बनेकी थिइन् १८ वर्षीया प्रणीति, विवाहमा थिए १५ हजार पाहुना

दक्षिण भारतको फिल्म क्षेत्रका सुपरस्टार जुनियर एनटीआर पछिल्लो समयमा नयाँ फिल्म आरआरआरका कारण चर्चामा छन् । ग्रेट नन्दामुरी परिवारका उनका प्रशंसक र दर्शकको संख्या धेरै ठूलो छ । अभिनेता सँगसँगै एनटीआर मायालु श्रीमान् पनि हुन् । उनका व्यक्तिगत जीवन पनि निकै सुन्दर छ ।
जुनियर एनटीआर र लक्ष्मी प्रणीतिको विवाह सन् २०११ को मे ५ मा भएको थियो । उनीहरुको विवाह मागी विवाह हो । उनीहरुको विवाहमा १ सय करोड भारतीय रुपियाँ खर्च भएको थियो । उनीहरुको मण्डप सजाउनका लागि मात्रै १८ करोड खर्च भएको थियो । उनको विवाहमा ३ हजार पाहुना र १२ हजार फ्यानहरु सामेल भएका थिए । उनको विवाह साउथको रिजनल च्यानलमा प्रशारण गरिएको थियो ।
सन् २०१० मा एक वकिलले बालविवाह गरेको केसमा उजूरी दर्ता गराएका थिए । वकिलले एनटीआरले बालिकासँग विवाह गर्न लागेको आरोप लगाएका थिए । जसको कारण एनटीआरले एक वर्ष कुरेर लक्ष्मी १८ वर्ष भएपछि विवाह गरेका थिए ।
उनले आफ्नी श्रीमतीको बारेमा एक अन्तरवार्तामा भनेका थिए, ‘म आज जे हुँ त्यो सबै उनको देन हो । उनीजस्तो विशेष महिलासँग विवाह गरेकोमा आफूलाई विशेष ठान्छुँ । उनले मेरो लागि धेरै गरिन् । मेरी आमापछि उनी मेरो घरकी एंकर हुन् । मलाई घरमा एकदमै विशेष महसुस हुन्छ ।’ उनका दुई छोराहरु छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन क्षेत्रभित्र निजी विद्यालय सञ्चालन प्रकरण : कागजपत्र पेस गर्न आलटाल
-
भारतले नेपाली सीमामा बढायो सेनाको सङ्ख्या
-
उत्तर प्रदेशमा आँधीबेहरीका कारण १४ जनाको मृत्यु
-
सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट एकाएक पानी निस्किएपछि...
-
आलोचनाबिच ट्रम्पले स्वीकारे कतारले उपहारमा दिएको विमान
-
शक्तिशाली भूकम्पपछि ग्रिसमा सुनामीको चेतावनी